सुरक्षित भवन बनाउन तालिम



सुरक्षित सहर निर्माणको प्राविधिक दक्षता वृद्धि गर्ने उद्देश्यले काठमाडौंमा स्ट्रक्चर एण्ड सेस्मिक इन्जिनियरिङ् विषयक तालिम सुरु भएको छ । ओपन याकोहामा, सिटिनेट याकोहामा र विश्व बैङ्कको सहयोगमा र काठमाडौं महानगरपालिकाले सुरु गरेको तालिममा नेपालका विभिन्न १७ नगरपालिकाका इञ्जिनियरहरु सहभागी छन् ।

तालिमको अवसरमा बोल्दै व्यवस्थापिका संसद सदस्य रामवीर मानन्धरले तालिमबाट सिकेको ज्ञान सुरक्षित र बलियो भवन निर्माण गर्न तालिमबाट आवश्यक ज्ञान आर्जन गर्नुपर्ने बताए ।

कार्यक्रमकाे अवसरमा बाल्दै महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले तालिमबाट प्राप्त सिकाईले नेपालमा व्यवस्थित र सुरक्षित भवनको निर्माण र व्यवस्थित सहरको निर्माण हुनुपर्ने बताइन् ।

इन्जिनियरहरुले राम्रो डिजाइन गरेको तर डिजाइनमा भएको स्वरुप अनुरुप भवन निर्माण भएको देखिदैन । सिटीनेट याकोहामा, परियोजना कार्यालयका कार्यक्रम निर्देशक केन्द्रा हिराता र सिटी अफ याकोहामाको डिजास्टर प्रिभेन्सन हाउजिङ एण्ड आर्किटेक्चर ब्यूरोका निर्देशक यासुजी होरिकिरीले क्षेत्रीय ज्ञान र सीपले नेपालका सहर सुरक्षित बनाउन सकिने धारणा व्यक्त गरे ।

यस अघि नेपाल र जापान गरी ४ चरणमा यस प्रकारको तालिम सम्पन्न भइसकेको छ । तालिममा काठमाडौं उपत्यकामा भूकम्पले पारेको प्रभाव र पुननिर्माणका प्राथमिकताहरु, जापानको याकोहामा नगरको एकीकृत सहरी योजना र सिकाइ, इञ्जिनियर र डकर्मीको क्षमता विकासका प्रगति र चुनौती, जापानमा भूकम्प प्रतिरोधी भवन र भौतिक संरचना सम्बन्धी व्यवस्था, विपद् क्षति न्युनीकरणकालागि सहरी तथा बास्तु योजना, भौतिक संरचनामा भारवहन विश्लेषण विधि, आरसि र स्टिल भवनमा भार ग्रहण क्षमता, ढलान गरिएको भवन र ढुङ्गाको गाह्रो भएका भवनहरुका सम्भावित जोखिम र सुरक्षित बनाउने विधिका विषयमा ज्ञान दिइएको थियो । यस पटक ती विषयमा अनुगमन र मुल्याङ्कनको पक्ष समेत समेटिने छ ।

महानगर र याकोहामा सहरवीच २०१६ जुन ३० तारिखमा सम्पन्न सम्झौताका आधारमा तालिम चक्रिय तालिकामा जापान र काठमाडौंमा पालै पालो सञ्चालन भइरहेको छ । यस अघि काठमाडौं उपत्यकाभित्रका नगरपालिकामा काम गर्ने इञ्जिनियरहरुवीच चलेको तालिममा यस पटक विश्व बैङ्कको थप सहयोग साझेदारितामा काठमाडौंबाहिरका नगरपालिकाबाट इञ्जिनियरहरु थपिएका हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics