बाढी प्रभावित क्षेत्रको अवलोकन गर्न गृहको टोली पश्चिम नेपाल

फाइल फाेटाे


गृहमन्त्री जनार्दन शर्मासहितको टोली बाढी र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न पश्चिम नेपाल गएका छन् । यति एयरलाईन्सको प्लेन चार्टर गरेर टोली पश्चिम नेपाल गएको हो ।

पूर्वतर्फको मौसम खराब भएकाले तत्कालका लागि पश्चिम जिल्लाको अवलोकन गर्न गएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

अवलोकन टोलीमा गृहमन्त्री जनार्दन शर्मासहित, सुरक्षा अंगका प्रमुखहरु, स्थानीय नेता तथा सांसदहरु र नेपाल सरकारका केही सचिवहरु छन् ।

अबिरल वर्षापछिको बाढी र डुबानले देशभरको अवस्था अस्तव्यस्त भएको छ । मौसम खराबीका कारण उद्धार तथा राहत पुर्‍याउने काम समेत प्रभावकारी हुन सकेको छैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics