नागढुंगाबाट मरेका २८ वटा खसीबोका बरामद



फाइल फाेटाे 

काठमाडौंको नागढुंगाबाट २८ वटा मरेको खसीबोका बरामद गरिएको छ ।

पशुपन्छी विकास मन्त्री सन्तकुमार थारु नेतृत्वको अनुगमन टोलीले टोलीले नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रु बसको डिक्कीबाट २८ वटा मरेको खसीबोका बरामद गरेको हो ।

डिक्कीभित्रै १३ वटा ज्युँदो खसीबोका पनि भेटिएको थियो । खसीबोका डिक्कीमा राखेर ल्याउँदा तापक्रम असन्तुलन र पर्याप्त अक्सिजनको अभावमा मरेको हुन सक्ने अनुमान गरिएको छ ।

यसरी मेरका खसीलाई मासुपसलहरुमा बेच्ने गरिएको आशंका गरिएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics