आहा ! वातावरणमैत्री सुन्दरबस्ती



साँझ पर्नै लागिसकेको थियो । अलि अलि बतास पनि चल्दै थियो । मंसिरको अन्तिम साता दिन प्रतिदिन चिसो बढ्दै थियो । सबै आ आफ्नो गन्तव्यमा पुग्न हतारिदै हिँडेजस्तो लाग्थ्यो । काठमाडौंबाट जहरसिंह पौवा हुदै हामी अगाडी बढ्यौ । यात्रा हास्य कलाकार जोडी धुर्मुस र सुन्तलिले निर्माण गरेको एकिकृत नमुना बस्ती गिरानचौर सम्मको थियो ।

खाल्डा खुल्डि भएका घुमाउरो बाटो पार गर्दै नाङ्लेभारे पुग्दा माथिबाटै देखियो त्यो सुन्दर बस्ती, जुन भर्खरै निर्माण सम्पन्न गरि कलाकार जोडिले स्थानियलाई हस्तान्तरण गरेका थिए । क्षितिजमा सुर्यको धमिलो प्रकाश मात्र देखिन्थ्यो । अलि तल पुगेर हामीले विश्राम लिदै बस्ती नियाल्यौँ । धुर्मुस सुन्तली फाउन्डेसनले निकै मिहेनत र लगावका साथ निर्माण गरेको बस्ती रातमा अमुल्य रत्न झैँ चम्किरहेको थियो ।



विहानको झुल्के घामसँगै हामी त्यो बस्ती पुग्दा रातमा अमुल्य रत्नझैँ लाग्ने त्यो बस्ती सुर्यको किरणसँगै झन् शोभायमान देखियो । बस्तीका प्रत्येक सुन्दरता हामीले नजिकबाट नियाल्ने मौका पायौँ ।

भुकम्प पछिको पुन निर्माणमा जुटेका धुर्मुस र सुन्तलीले धुर्मुस सुन्तली फाउन्डेसन मार्फत विभिन्न सहयोगबाट पहिलो चरणमा काभ्रेमा पहरी बस्ती निर्माण गरेका थिए । तत्पश्चात् उनिहरुले अर्को बस्ती निर्माणका लागी गिरानचौरका विपन्न तामाङका लागि बस्ती निर्माण गर्ने निर्णय लिएका थिए । ६५ परिवारका लागि करिब ६ महिना भित्र एक घर, एक चर्पी, एक धारो, एक बगैंचा लगायतका संरचना बनाएर हस्तान्तरण गर्ने फाउण्डेसनले लक्ष राखेको थियो । यसै अनुरुप ६५ आवासिय घर, १ सामुदायिक भवन, खेल मैदान, बँगैचा, खानेपानि, शौचालय सहित व्यवस्थित बस्ति निर्माण गर्यो ।



कस्तो छ यो बस्ती ?

नीलो रङको जस्ताले छाइएका आधा सेतो र आधा रातो रङ् पोतिएको बस्तीका प्रत्येक चिटिक्क परेका घर, प्रत्येक घरको पछाडि लिची र अनारका दुई बोट रोपिएको अनि आँगनमा फूलका बिरुवा छन्। प्रत्येक घरमा डेढ सय किलोवाटको सोलार प्यानल जडान गरेर बस्तीलाई वातावरण मैत्री बनाइएको छ। मुख्यतयाः ५ अवधारणमा केन्द्रित गरेर निर्माण गरिएको उक्त बस्ती अपाङ्गमैत्री, बालमैत्री, वातावरणमैत्री, पहिरो प्रतिरोधि र भुकम्प प्रतिरोधि रहेको देखिन्छ ।


फाउन्डेसनकै अगुवाइमा बस्तीमा ‘लिफ्टिङ खानेपानी’ योजना सञ्चालनमा छ। साढे आठ किलोमिटर तल सिन्धु खोलाबाट बस्तीमा पानी ल्याइएको छ। यसअघि गाउँमा खानेपानीको जोहो गर्न निकै टाढा जानु पर्थ्यो। पानी अभावमा एकीकृत बस्ती निर्माणको योजना तुहिने सम्भावना बढ्न लागेपछि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले योजना दिएको छ। यसले सुनमा सुगन्ध थपेको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, गिरानचौर एकीकृत नमुना बस्ती तथा पर्यटन प्रवर्द्धन परियोजनाअन्तर्गत मेलम्ची नगरपालिका र भवन विभागसँग समन्वय गरी ती निर्माण गरिएका ति भवन पर्यटकिय दृष्टिकोणले पनि निकै आकर्षक देखिन्छन् ।

३५ रोपनी जग्गामा उक्त घरहरु निर्माण गरिएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दाताहरुको सहयोगमा निर्माण भएको गिरानचौर बस्ती निर्माणका लागि स्वदेश तथा विदेशबाट छ करोड १७ लाख रकम संरकलन भएको कलाकारजोडी धुर्मुस र सुन्तलीले बताएका थिए । नमुना बस्ती पाँच करोड १४ लाख ४९ हजार १ सय ८७ को लागतमा निर्माण भएका कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जानकारी दिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics