‘उत्तर कोरियाबाट बगेर जापान’



आफूलाई उत्तर कोरियाली माझी भनेर चिनाउने आठ जना पुरुष चढेको एउटा डुङ्गा बगेर जापानको तटीय क्षेत्रमा पुगेको छ।जापानी प्रहरीले ती पुरुषहरुलाई अकिता क्षेत्रमा अवस्थित युरिहोन्जो शहरमा रहेको माछा मार्न प्रयोग हुने एउटा सानो बन्दरगाह क्षेत्रमा बिहीवार अबेर फेला पारेको बताएका थिए।कोरियाली भाषा बोल्ने ती पुरुषहरुले जापानी प्रहरीलाई आफूहरुको डुङ्गामा प्राविधिक समस्या आएको र त्यो जापानी तटीय क्षेत्रतर्फ बगेको बताएका छन्।जापान सरकारले उनीहरु माझी भएको विश्वास गर्दै उनीहरु जासुस वा शरणार्थी नभएको प्रतिक्रिया दिएको छ।

माझी


उनीहरुलाई स्वदेश फर्काउने वा नफर्काउने भन्ने निर्णय अब उसले गर्नुपर्ने देखिन्छ।हालैका वर्षहरुमा कैयौं माछा मार्न प्रयोग गरिने उत्तर कोरियाली डुङ्गाहरु बगेर जापान पुगेका छन्।कतिपयमा त्यस्ता डुङ्गामा मानव अवशेषसम्म फेला पर्ने गरेका छन्।अघिल्लो हप्ता जापानी तटरक्षकहरुले 'सी अफ जापान'मा पल्टिकएको एउटा काठको डुङ्गाबाट तीन जना उत्तर कोरियाली नागरिकको उद्धार गरेका थिए।स्वदेश फर्कन उनीहरुले मदत मागेपछि अर्को उत्तर कोरियाली डुङ्गामा उनीहरुलाई चढाएर पठाइएको थियो।

बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics