डडेल्धुरामा दुईसय बढी घरपरिवार अन्धकारमा बस्न बाध्य



डडेल्धुरा जिल्लामा ३ वटा जलविद्युत्त आयोजना प्रयोगविहिन अवस्थामा पुग्दा २सय ४८ भन्दा बढी घरपरिवार अन्धकारमा बस्न बाध्य भएका छन् ।

मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउने सम्बन्धित निकायले ध्यान नदिँदा ११ लघु जलविद्युत्त आयोजनामध्ये ३ वटा आयोजना प्रयोगविहीन बनेका हुन् ।

बन्द अवस्थामा रहेका ३ वटै लघु जलविद्युत्त आयोजनाको मर्मत सम्भारका लागि सम्बन्धित निकायलाई पटक–पटक अनुरोध गर्दा पनि कुनै सहयोग पाउन नसकेको स्थानीय उपभोक्ताहरुको भनाइ छ ।

जिल्ला समन्वय समिति डडेल्धुराको वातावरण, उर्जा तथा जलवायु परिवर्तन शाखाले भने हाल जिल्ला समन्वय समितिमा मर्मत सम्भारका लागि बजेट अभाव रहेको र विभिन्न निकायहरुसँग मर्मत सम्भारका लागि अनुरोध गरिए पनि कुनै पनि निकायबाट स्रोत पाउन नसकिएको जनाएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics