हुस्सुले नेपालगञ्जकाे हवाई उडान सेवा प्रभावित



बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थलबाट हुने सबै उडान प्रभावित बनेका छन् । अहिले बिहान भने भिजिवीलिटी खुलेर पहाडी जिल्लाका लागि एउटा उडान भएको छ ।

नागरिक उड्डयन कार्यालयले अहिले मौसम खुले पनि एकैछिन पछि ढाक्न सक्ने भन्दै काठमाडौँ र पहाडी जिल्लाको उडान प्रभावित हुनसक्ने बताएको छ ।
बाक्लो हुस्सुसँगैको शीतलहरका कारण बढेको कठ्यांग्रिने जाडोले बाँकेको जनजीवन कष्टकर बनेको छ ।

शीतलहरसँगै बढेको जाडोले विद्यालय जाने विद्यार्थी, वृद्धवृद्धा र दैनिक मजदुरी गर्नेलाई बढी असर पुर्‍याएको छ ।

न्यानोका लागि ग्रामीण क्षेत्रका नागरिक दिनभर आगो बालेर ताप्ने गरेको डुडुवा गाउँपालिका–४ का जान अली नाउले जानकार िदिए

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics