भूकम्प प्रभावित दोलखा जिल्लामा २० जनालाई छात्रवृत्ति

गैर–आवासीय नेपाली संघ थाइल्याण्डले गत वर्षबाट सुरु गरेको नागरिक छात्रवृत्ति कोषबाट यस वर्ष २०७२ महाभूकम्पबाट प्रभावित गोरखा जिल्लामा २० जनालाई आज प्रदान गरिएको छ ।

स्थानीय साझेदार नागरिक अभियानका अनुसार यस वर्ष गोरखाको बारपाक– सुलिकोट गाउँपालिकाको हिमालय माध्यमिक विद्यालय, सौरपानी र सिद्धार्थ माध्यमिक विद्यालय, जौबारीका १०–१० जना पिछडिएका विद्यार्थीहरूलाई उक्त छात्रवृत्ति प्रदान गरिएको हो ।

सो छात्रवृत्ति कार्यक्रम अन्तर्गत प्रत्येक विद्यार्थीले प्रत्येक वर्ष .रु. १४,५००लगायत ब्याग र केही स्टेसनरी सामग्री पाउँछन् । यो छात्रवृत्ति प्रत्येक विद्यार्थीहरूले १२ कक्षासम्म पाउनेछन् । उक्त रकम प्रत्येक विद्यार्थीको सामान्य लुगा, जुत्ता, खाजा, स्टेसनरी सामग्री र ब्याग आदिको खर्चबारे अनौपचारिक अध्ययनबाट निर्धारण गरिएको हो ।

कार्यक्रममा नागरिक छात्रवृत्ति बोर्डका कार्यकारी सदस्य तथा कान्तिपुर सिटी कलेजका कार्यकारी निर्देशक प्रह्लाद कार्की, गैर–आवासीय नेपाली संघ थाइल्याण्डका उपाध्यक्ष महेन्द्र श्रेष्ठ, कोषाध्यक्ष कान्छा गुरुङ गाबो, मेगा बैङ्ककका प्रतिनिधि दिनेश पनेरु कायक्रम संयोजक राजिब तिमलसिना वडा अध्यक्ष भिम बाहादुर तामाङ्ग बिधालय प्रध्यानपक सहभागी थिए ।

सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ बीचमा नियमित अध्ययन गर्दै आएका, पिछडिएका समुदायको, भूकम्प वा द्वन्द्व प्रभावित, अपाङ्गता भएका, गरिबीको रेखा मुनि रहेका, अनाथ वा एकल अभिभावक वा अपाङ्गता भएका अभिभावक लगायतका विभिन्न आधारहरूमा उक्त छात्रवृत्ति निर्धारण गरिएको थियो ।

उक्त छात्रवृत्तिका लागि गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष प्रा. खगेन्द्र राज ढकालको नेतृत्वमा स्थापना गरिएको थियो । गत वर्ष जुन २०१७ मा काठमाडौँमा माननीय शिक्षा मन्त्री गोपालमान सिंहले ने.रू. ३५,८९,९९९÷– अक्षय कोषसहितको उक्त छात्रवृत्तिको उद्घाटन गर्नुभएको थियो । गैर–आवासीय नेपाली संघ थाइल्याण्डका तत्कालीन अध्यक्ष प्रा. खगेन्द्र राज ढकालले नेपालको एक शैक्षिक गैर–नाफामूलक सेवामुखी संस्था नागरिक अभियानलाई उक्त रकम हस्तान्तरण गरेका थिए। उक्त अक्षय कोषमा मेगा बैङ्क लिमिटेडले वर्षेनि ३ लाख थप्दै जाने घोषणा समेत गरेको छ ।

गैर–आवासीय नेपाली संघ थाइल्याण्डका वर्तमान अध्यक्ष आशाजित अवालेका अनुसार उक्त अक्षय कोषका लागि रकम बैङ्ककमा ५–दिने नेपाल मेला २०१५, एभरेष्ट बेस–क्याम्प नामक किताबको रोयल्टी लगायत विभिन्न कार्यक्रममार्पmत् सङ्कलन गरिएको थियो ।

नागरिक अभियानले उक्त छात्रवृत्तिका लागि शिक्षाविद् हेमन्त राज दाहालको संयोजकत्वमा नागरिक छात्रवृत्ति समिति पनि बनाएको छ । सो समितिमा गैर–आवासीय नेपाली संघ थाइल्याण्डका अध्यक्ष पनि पदेन रहने व्यवस्था छ । छात्रवृत्ति वितरणका लागि भने विद्यालय स्तरमै एक स्थानीय समिति गठन गरिन्छ, जसको नेतृत्व विद्यालय व्यवस्थापन समितिका अध्यक्षले गर्दछन् । उक्त समितिमा विद्यालयको प्रधानाध्यापक, वडा अध्यक्ष र स्थानीय समुदायका प्रतिनिधिहरू पनि रहने व्यवस्था छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics