लामो दूरीमा चल्ने गाडी बन्द



यातायात व्यवसायीहरूले देशभर चल्ने लामो दूरीका सार्वजनिक यातायात बन्द गरेका छन्।

राष्ट्रिय यातायात व्यवासायी महासंघ आबद्ध व्यवसायीहरूले लामो दूरीमा चल्ने सवारीसाधन ठप्प पारेका हुन्। सण्डिकेट तोड्ने सरकारी निर्णयका बिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गदैं लामो दुरीमा चल्ने गाडी बन्द गरेका छन् ।

सार्वजनिक यातायात चलाउन बनाइएका समिति खारेज गर्ने, कम्पनीमा जानुपर्ने लगायतका सिण्डिकेट तोड्ने सरकारी नियमका बिरुद्ध आन्दोलनमा उत्रिएका व्यवसयीहरूले आज लामो दूरीमा चल्ने सबै गाडी ग्यारेजमा थन्काएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

सरकारले ल्याएको नीति हेरफेर नभएसम्म आन्दोलन जारी राख्ने भन्दै सिटौलाले भोलि सबै क्षेत्रमा चल्ने गाडी ग्यारेजमा थन्किने बताए।

बिहिबार देशभर समितिमार्फत चल्ने गाडीका काउन्टरहरू बन्द भएका छन्।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics