माथिल्लो त्रिशुली जलविद्युत आयोजना विकासका लागी सम्झौता



माथिल्लो त्रिशुली जलविद्युत आयोजना विकासका लागी सम्झौता भएको छ । यस अघि नै उर्जा मन्त्रालय र नेपाल इनर्जी एण्ड डेभलोपमेन्ट कम्पनि प्रा.लि बीच विकासका लागी प्रारम्भिक हस्ताक्षर भएको थियो । आयोजनाको क्षमता २ सय १६ मेगावाट रहेको छ । आयोजनाबाट वार्षिक एक हजार ४ सय ६५ गिगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आयोजना निर्माण अवधि ५ वर्षको रहेको छ । सम्झौता अनुरुप २ वर्षपछि वित्तिय व्यवस्थापनमा जाने र ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । सम्झौता अनुसार नेपाल इनर्जी एण्ड डेभलोपमेन्ट कम्पनि प्रा.लि उत्पादनको अनुमति प्राप्त गरेको ३५ वर्षसम्म सञ्चालन गर्ने र उक्त अवधि पश्चात् नेपाल सरकारको स्वमित्वमा जाने सम्झौता गरिएको छ ।

उक्त जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्रका वासिन्दाका लागी १० प्रतिशत सम्म शेयर लगानी गर्न पाउने व्यवस्था यस सम्झौतामा उल्लेख गरिएको छ ।

प्रवद्र्धक कम्पनि नेपाल इनर्जी एण्ड डेभलोपमेन्ट कम्पनि प्रा.लि मार्फत सम्पूर्ण लगानी विदेशी मुद्रामा गर्ने व्यवस्था गरिएको छ । कम्पनीको साझेदारीमा दक्षिण कोरियाको सरकारी स्वामित्वको संस्था कोरिया साउथ इष्ट कम्पनि लिमिटेडको ५२ प्रतिशत कोरियन कम्पनी डेलियम इन्डस्ट्री १६ प्रतिशत तथा क्येर्र्योङ कन्सट्रक्सन कम्पनिको १० प्रतिशत शेयर रहने छ । विश्व बैंक समुह अन्तर्गत अन्तरष्ट्रिय वित्तिय संस्थाको १२ प्रतिशत र स्थानीय लगानीकर्ताको १० प्रतिशत शेयर रहने छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics