“लुगा फेर्नै धौ धौ”



नेपाली चलचित्रका नायिका रजनी केसीले थुप्रै नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । लोफर, परदेशी, लालजोडी, ब्रासलेट लगायत अन्य विविध क्षेत्रमा आफ्नो अभिनयको वर्चश्व कायम गर्न सफल नायिका रजनी केसीसँग नेचर खबरले प्रकृति सम्बन्धि गरेको कुराकानी:

तपाईले आफ्नो जिवनमा प्रकृतिलाई कसरी बुझ्नु भएको छ ?

सामान्यतया मैले प्रकृतिलाई बुझ्दा सुन्दरताको प्रतीकका रुपमा बुझ्छु । प्रकृतिको सौन्दर्यतामा रमाउने भएकाले म यसलाई सुन्दरता भन्न रुचाउँछु ।

प्रकृति सँग के गर्न मन लाग्छ ?

म प्रकृतिलाई माया गर्ने मान्छे । यसकारणकी प्रकृतिसँगै रहेर हामी जिवन गुजारा गर्छौ । हामीलाई हरेक पल चाहिने श्वास देखि हाम्रा हरेक आवश्यकता पुरा गर्ने यहि प्रकृति हो । प्रकृतिको अनुपम सुन्दरता कसलाई पो मन पर्दैन र ? त्यसैले म प्रकृतिलाई अवलोकन गर्न, प्रकृतिसँगै खेल्न र प्रकृतिको सुन्दरता अनुभव गर्न धेरै रुचाउँछु ।



तपाईँ प्रकृतिलाई माया गर्ने मान्छे वातावरण संरक्षणमा कस्तो भुमिका रहेको छ ?

म सधैँ वातावरण हराभरा भएको देख्न मनपराउछु । म जहिले पनि बोटल, प्लाष्टिक वा अन्य सामग्री डस्टविनमा  फाल्ने गर्छु । सडक तथा अन्य भुभागमा फोहोर फाल्दा हुने हानी र यसो नगर्नको लागि अरुलाई आह्वान समेत गर्दै आइरहेको छु । म सँधै नै आफ्नो टोलमा हुने सरसफाई, वृक्षारोपण जस्ता जनचेतनामुलक कार्यक्रममा सक्रिय भएर वातावरण सफा राख्न आग्रह गर्छु । साथै वातावरण फोहोर हुँदा यसले पार्ने असरको बारेमा अरुलाई जानकारी पनि गराईरहेको हुन्छु ।

काठमाडौंको धुवाँ धुलोले कतिको सताएको छ ?

माक्स र स्कार्फ बिना त काठमाडौंमा यात्रा गर्न नसकिने भइसकेको छ । पछिल्लो समय काठमाडौं धेरै प्रदुषित छ यसले मेरो दैनिक जीवनमा समेत असर गरेको छ बिहान लगाएको लुगा बेलुका धुनुपर्ने अवस्था छ ।लुगा फेर्नै धौ धौ !  त्यसमाथि पनि उपत्यकाको जाम । यस्तो अवस्थाले त निकै सताएको छ ।

वातावरण किन महत्वपूर्ण छ जस्तो लाग्छ तपाईलाई ?

वातावरण भनेको जीवनको लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । हाम्रो प्रत्येक सेकेन्ड वातावरण सँगै जोडिएको हुन्छ । हाम्रा हरेक क्रियाकलाप वातावरणसँग जोडिएका छन् । स्वच्छ वातावरणले नै हामीलाई काम गर्न सहज हुन्छ । बाँच्नका लागि पहिलो आवश्यकता भनेकै स्वच्छ वातावरण हो ।

प्रदुषणको समस्या हामीले भोगिरहेको यो अवस्थामा वातावरण जोगाउन के सुझाव दिनुहुन्छ ?

प्रद्षित वातावरणबाट बच्न हामी सबैजना एकजुट भएर प्रदूषण मुक्त शहरको निर्माण गर्नुपर्दछ । वातावरण जोगाउन हाम्रो वरीपरी हुने गरेका फोहोर व्यवस्थापन गरी उपयुक्त ठाउँमा राख्नुपर्छ । जथाभावी फोहोर गर्ने हाम्रो बानीलाई हटाउनु पर्छ । फोहोर व्यवस्थापनको लागि राज्यबाटै नीति नियम बन्नुपर्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics