उपत्यकामा तीन सय स्थानमा ‘फायर हाइड्रेन्ट’

मेलम्ची आयोजनाले नै काठमाडौंभित्रै दमकलले पानी भर्न मिल्ने गरी आधुनिक प्रविधिमा आधारित ‘फायर हाइड्रेन्ट’ राख्न थालेको छ । मेलम्चीको पानी वितरण गर्ने क्रममा उपत्यकामा विस्तार भइरहेको पाइपलाइनकै संरचनामा आगलागी नियन्त्रणका लागि सघाउ पुर्याउने संरचना निर्माणको तयारी गरिएको हो । उपत्यकाका तीन सयभन्दा बढी स्थानमा दमकलले पानी भर्न सक्ने गरी फायर हाइड्रेन्ट जडानको तयारी गरिएको छ ।

‘फायर हाइड्रेन्ट’ मुख्यतया दमकलले आवश्यकताअनुसार जुनसुकै बेला पानी भर्न र आगलागी नियन्त्रण गर्न प्रयोग गर्न मिल्ने विशेष संरचना हो ।शहरी क्षेत्रमा फायर हाइड्रेन्ट निकै आवश्यक प्रविधि मानिन्छ । शहरका सबैजसो भागमा यस्तो प्रविधि जोड्ने अन्तर्राष्ट्रिय अभ्यास पनि छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics