काठमाडौँमा पहिलो उद्यान महोत्सव


राजधानी काठमाडौँको सिनामंगलमा पहिलो पटक उद्यान महोत्सव आयोजना भएको छ। बगैँचाहरूको संरक्षण र सम्बद्र्वनका लागि आह्वान गर्दै सिनामंगल नगर सेवा समितिले महोत्सव आयोजना गरेको हो।
महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम तथा जनचेतनामूलक कार्यक्रमहरू आयोजना गरिएको थियो।


अव्यवस्थित शहरीकरणको बढ्दो क्रमलाई नियन्त्रण गर्दै भौतिक सेवा र सुविधायुक्त विकसित आवासीय घडेरीको व्यवस्था गर्ने क्रममा वातावरण मैत्री दिगो विकास समेतको अवधारणामा नेपाल सरकारले वि.सं.२०५३ र २०५९ सालमा सिनामंगल जग्गा एकीकरण आयोजना लागु भएको थियो। सोही बखत ६ स्थानमा खुल्ला चौर छुट्टाएर राखिएका ५२ रोपनी जग्गामा ६ वटा उद्यानको विकास गरिएको छ।


 

उकारतिर यी उद्यानहरुको मर्मत संभार र दैनिक हेरचाह आजको चुनौती बन्दै गएको छ भने अर्कोतिर आयोजनाबद्ध विकास भएको विकास भएको बस्तीमा पनि तिव्रगतिमा चर्को ध्वनिका साथ सवारि साधन सञ्चालन गर्ने प्रवृति र घर तथा व्यापार व्यवसायबाट निस्कने फोहोरमैला र ढलको अव्यवस्था समेतबाट वातावरण प्रदुषित बन्दै गएको छ । सोहि विषयलाई ध्यानमा राख्दै महोत्सब आयोजना गरिएको सिनामंगल नगर सेवा समाजका महासचिव विजय राज पौडेलले जानकारी दिए।


हेरौ उत्त कार्यक्रमको १० फोटो फिचरहरु ः


 

सागर बम्जन

प्रतिक्रिया दिनुहोस

web
analytics