रङ्गीचङ्गी वसन्त छोरी, झुसिल्किराको सपना सिँगारी (फाेटाे फिचर)

नेपालमा विविध प्रजातिका पुतलीहरु पाइन्छन् । नेपालमा हालसम्म कति पुतली छन् भन्ने निश्चित तथ्यांक उपलब्ध छैन । सन् १९५० मा एफएम बेलेले नेपालका पुतलीकाे अध्ययन गरेका थिए । बेलेले नेपालमा ५९० प्रजातिका पुतली पाइने दाबी गरेका थिए । पछि पुतलीबाजे भनेर परिचित बेलायती नागरिक कोेलिन स्मिथ र नेपालका पुतलीविद् प्रा.डा. भैया खनाललगायतको टोलिले गरेको अध्ययन अनुसार नेपालमा ६६० प्रजातिका पुतली भएको पुष्टि गरेका थिए ।

नेपालमा पछिल्लो समय शहरीकरण, सडक निर्माण, विविध रासायनिक औषधिका कारण पुतलीहरु लोप हुँदै गइरहेका छन् । प्रकृति सन्तुलनमा पुतलीको मुख्य भुमिका रहेको हुन्छ । खाद्यचक्रको एउटा अंशका रुपमा पुतलीलाई लिन सकिन्छ । सानो भए पनि पुतलीलाई जैविक विविधताको महत्वपूर्ण अंश मानिन्छ । विविध कारणले उपयोगी मानिए पनि कतिपय पुतलीले भने कृषि बालीनाली बिगार्ने गर्छन् । पुतलीविद्का अनुसार बाली बिगार्ने पुतलीलाई मठ भनिन्छ । कुनैकुनै मठका लार्भाले बालीनाली बिगार्ने गर्छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा मात्र २०० भन्दा बढी प्रजातिका पुतली रहेको पुतलीकाे अनुसन्धान गरिरहेका टेक बहादुर गुरुङको निष्कर्ष छ । उनले नेचर खबरकर्मी सागर गिरीसँग भने, ‘पुतलीको संरक्षण आवश्यक छ ।’ विगत २ वर्षदेखि सामुहिक रुपमा गुरुङले चितवनका पुतलीका सम्बन्धी अध्ययन गरिरहेका छन् । पुतली सम्बन्धी नयाँ तथ्यांक संकलन गर्ने र पुतलीको तस्विर संकलनमा लागेका गुरुङले हालसम्म चितवनमा १५० भन्दा बढी पुतलीको तस्विर संकलन गरिसकेका छन् । हेरौँ अध्ययनका क्रममा गुरुङले भेटेका केही तस्विर :

तस्विरहरु : टेक बहादुर गुरुङ

















 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics