निकुञ्जमा रमाउँदै गैंडा (फाेटाे फिचर)

चितवन राष्ट्रिय निकुञ्ज गैंडाको लागी प्रख्यात क्षेत्र हो । यहाँ गैंडा हेर्नकै लागी बर्षेनी हजारौँको संख्यामा पर्यटकहरु आउने गरेका छन् । पछिल्लो समय गैंडा गणनामा चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा धेरै ६०५ गैंडा रहेको तथ्याङ्क छ ।

एकसिंगे गैंडा नेपाल र भारतमा मात्र पाइने गैंडाको लोपोन्मुख प्रजाति हो । यसको २० देखि १०० सेमी लामो एउटा सींग हुन्छ।

विशेषगरी एक सिंगे गैंडाको शरीर भाग मोटो र हल्का चाँदी रंगको छालाले ढाकेको हुन्छ । प्राचिन समयमा एकसिंगे गैंडा पाकिस्तान, चीन, नेपाल र भारत साथै बर्माको केहि भागमा समेत पाइने गर्दथे । हाल यो नेपाल र भारतका केहि भागमा मात्र पाइने गर्दछ ।

चितवन राष्ट्रिय निकुञ्जमा फोटोपत्रकार सागर गिरीले देखेका यि गैंडा :























 

सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics