जब देखिए चितवनमा यस्ता चरा …

चितवनको सौराहा ड्याम साइट नजिकै आइतबार विहान क्रेस्टेड किङ्गफिसर (ठूलो छिरबिरे माटिकाेरे) नामक प्रजातिको चरा देखा परेको छ । यो चरा चितवनमा बर्षमा एकदुई पटक मात्र देख्न सकिन्छ ।

अाइतबार विहान साैराहा ड्यामसाइट नजिक देखिएकाे क्रेस्टेड किङ्गफिसर प्रजातिकाे चरा । तस्विर : सागर गिरी


चितवन राष्ट्रिय निकुञ्जलाई चराहरुको संसारकै रुपमा लिन सकिन्छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार चितवनमा मात्र ६ सय भन्दा बढी प्रजातिका चराहरु रहेका छन् । विभिन्न समय र मौसम अनुसार यहाँ विविध चराहरु घुम्न समेत आउने गरेका छन् । चितवन चराहरूको बासस्थानमात्र नभई बसाइसराइको गन्तव्य पनि हो।



चितवनको सौराह, कथार, कसरा, अमलटारी, माडी, बीसहजारीताल, लामीताल, तमोरताल, पदमपुर, पटना साथै नारायणी र राप्ती। नदीका किनाराहरू चरा बसोबासका लागि प्रमुख स्थानहरू मानिन्छन्। चितवन खासगरी पानीमा आश्रित चराहरू बाक्लो बासस्थान मानिन्छ ।



क्रेस्टेड किङ्गफिसर (ठूलो छिरबिरे माटिकाेरे) नामक प्रजातिको चरा नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, भूटान, बंगलादेश, म्यानमार, थाईल्याण्ड, लाओस, भियतनाम, चीन, जापान र उत्तर कोरियामा समेत पाइने गरेका छन् ।



 

 

सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics