आगामी तीन वर्षमा मुलुक स्वदेशी उर्जामै निर्भर हुन्छ : कुलमान



नेपाल विद्युत प्राधिकरणले आगामी ३ वर्षमै मुलुक स्वदेशी उर्जामा निर्भर हुने जनाएको छ । प्राधिकरणले आगामी १० वर्षमा १२ हजार मेगावाटसम्मको विद्युत खपत गर्न सक्ने गरी वितरण प्रणाली विस्तार गर्ने तयारी गरेको छ ।

राजधानीमा विहिवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विजुली खपत बढाउन विशेष संरचना तयार गरी काम गर्ने बताए । जलविद्युत आयोजनामा छिटो काम गरी देशलाई उर्जामा आत्मनिर्भर बनाईने उनले जानकारी दिए ।

आफ्नो १ बर्षे कार्यकालको समिक्षा गर्दै घिसिङले सो अवधीमा अलपत्र अवस्थामा रहेका निर्माणाधिन आयोजनाको कामलाई तीव्रता दिएको, भूकम्पपछि बन्द भएको १ सय ११ मेगावाटको रसुवागढी, १ सय २ मेगावाटको मध्यभोटेकोसी लगायतका कामलाई सञ्चालनमा ल्याएको जानकारी दिए ।

दैनिक १२ घण्टा भन्दा बढी लोडसेडिङ हुने गरेकोमा अहिले औद्योगिक क्षेत्रमा बेलुकाको समय २ देखि ३ घण्टा बाहेक देशैभर लोडसेडिङ अन्त्य भएको दाबी गर्दै उनले आगामी ३ वर्षभित्रमा मुलक स्वदेशी उर्जामै आत्मनिर्भर बन्ने विश्वास व्यक्त गरे ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics