जाजरकोटका कृषक समूहलाई बाख्रा वितरण



जाजरकोट- पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ४ मा बाख्रा बोका वितरण तथा अनुगमन गरेको छ ।
कार्यालयले प्रदेश कार्यक्रम “लक्षित वर्ग कृषि व्यवसाय प्रवर्धन कार्यक्रम” अन्तरगत छेडागाड नगरपालिका वडा नं. ४ मा सञ्चालित उद्यमशील कृषक बाख्रा पालन समूहलाई उन्नत जातका बाख्रा बोका वितरण गर्नुका साथै अनुगमन गरेको हो ।


बाख्रा पालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि व्यावसायिक बाख्रा पालनलाई प्रोत्साहन गर्ने प्रदेश सरकारको नीति अनुरुप बाख्रा तथा बोका वितरण गरिएको हो ।कार्यालयले उद्यमशील कृषक बाख्रा पालन समूहसँग सम्झौता गरेको र उक्त समूहले खरिद गरि ल्याएका उन्नत जातका बाख्रा बोका वितरणका साथै अनुगमन गरेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटका कार्यालय प्रमुख कलम बहादुर महताराले बताएका छन। समूहमा आबद्ध १३ महिलालाई उन्नत जातका बाख्रा तथा बोका वितरण गरिएको महताराले बताएका छन ।

उद्यमशील कृषक बाख्रा पालन समूहका अध्यक्ष जैसेरा थापाले प्रदेश सरकारले बाख्रा पालक कृषकहरूको मागलाई सम्बोधन गरेर रकम उपलब्ध गराई बोका बाख्रा पाउँदा आफूहरू खुशि भएको बताएका छन ।

त्यसैगरी छेडागाड नगरपालिकाका उप प्रमुख चन्द्र बहादुर थापाले उन्नत जातका बाख्रा वितरणपछि छेडागाड नगरपालिका वडा नं ४ मा बाख्राको प्रवर्द्धन हुन्छ भन्ने नगरपालिकाको उद्देश्य रहेको र बाख्रा प्रवर्द्धन कार्यक्रमलाई आयआर्जनसँग जोडेर आगामी दिनमा यी बाख्राबाट धेरै उत्पादन गर्ने गरी अगाडि बढ्न आग्रह गरेका छन।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics