पानी बिनाकाे सुन्धाराका सात तस्वीर
- नेचर खबर

कुनै बेला उपत्यकाको सान मानिने प्राचीन सुन्धाराको अहिले नाम मात्रै बाँकी छ । विविध कारणले सुन्धाराको अस्तित्व मेटिदै गइरहेको छ । सुन्धारामा बाँकी रहेका धारामा झार उम्रेका छन्। कतै धारै भत्किएको छन्। कतै भने फोहोर थुपारिएको छ।
काठमाडौंको मात्र होइन, उपत्यकाभित्र सबै सुन्धारा अहिले सुक्दै गएका छन्। सुकेका सुन्धाराको संरक्षणमा न कसैको ध्यान गएको छ, न त तिनलाई पुरानै अवस्थामा फर्काउन कसैले पहल नै गरेको छ।
रत्नपार्क, त्रिपुरेश्वर, थापाथली, भोटेबहाललगायत क्षेत्रका मानिस पानी थाप्न आउने सुन्धारामा पहिले बाह्रैमास पानी आउँथ्यो। अहिले सुन्धारामा पानी आउछ भन्ने कुरा कथा जस्तो भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस