वतावरणीय प्रभाव मूल्यांकन विनाका विकास दिगो हुदैन

प्रधानमन्त्ती केपी शर्मा ओलीले वातावरणीय प्रभाव मूल्यांंकन विना गरिने विकास प्रयास दिगो नहुने बताउनुभएको छ ।
विश्व वातावरण दिवशको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले अव्यवस्थित विकासले रोगब्याधी मात्र निम्त्याउने नभइ बाढी, पैह्रो, सुख्खा लगायतका ठूलो धन जनको क्षति समेत बढाउने बताएका छन् । विकास निर्माणको कार्य अघि बढाउँदै गर्दा वातावरण–मैत्री हुने गरी समयमा नै योजना तर्जुमा गर्नु पर्दछ ” प्रधानमन्त्री ओलीले “वातावरणको विनास नहुने गरी नाप नक्सा तयार गर्दै वातावरण मैत्री प्रविधिहरुको प्रयोग गर्नु पर्दछ ।
सबै सरकारी र निजी क्षेत्रलाई यो विषयमा विशेष ध्यान पु¥याउन प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको छ । वातावरण संरक्षण दिगो आर्थिक विकासको पूर्व शर्त हो भन्ने कुरा प्रधानमन्त्रीले सबैलाई स्मरण गराएका छन् ।
प्रधानमन्त्री ओलीले आर्थिक समृद्धि हासिल गर्ने दिशामा द्रूत गतिका साथ अग्रसर हुँदा वातावरण प्रदुषण एउटा साझा चुनौतीका रुपमा देखा पर्न सक्ने तर्फ सबैलाई सतर्तक गराएका छन् । त्यसैले वातावरणको संरक्षणमा हामी सबैले उत्तिकै जिम्मेवार भएर सोच्न र तत्अनुकुलका काम गर्न जरुरी छ ” प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics