वातावरणमाथि चर्चा गर्दै ‘सोसल वर्क डे’



वातावरणीय प्रभावलाई मुल्यांकन गर्दै यस वर्षको वर्ल्ड सोसल वर्क डे मनाइने भएको छ । दिगो वातावरणीय व्यवस्थापन र समुदायको शशक्तीकरण भन्ने नाराका साथ मार्च २१ मा वर्ल्ड सोसल वर्क डे मनाउन लागिएको हो ।

वातावरण जोगाउनु हामी सबैको दायित्व हो । वातावरणीय व्यवस्थापनमा हामी सबैको ध्यान जान जरुरी छ भन्ने सन्देश दिनका लागि पनि यो दिवसको नारा तय भएको वर्ल्ड सोसल वर्क डे का राष्ट्रिय संयोजक सरोज गिरीले बताए । उनका अनुसार मानवीय क्रियाकलापले हरेक दिन बिग्रदो अवस्थामा रहेको वातावरणलाई मध्यनजर गर्दै युवाहरुलाई यस किसिमको ज्ञान दिन जरुरी छ । बृक्षारोपण, सरसफाई लगायतका वातावरण सुधारका विभिन्न क्रियाकलापमा संलग्न हुँदै आएका सामाजिक कार्यकर्तालाई यस्ता दिवसबाट काम गर्ने प्रोत्साहन समेत मिल्नेछ । गिरीले भने, ‘उपत्यकाका विभिन्न सोसल वर्क विषय पठनपाठन हुने कलेजका विद्यार्थी समेत भई यो दिवस मनाउने तयारी गरीरहेका छौं ।’

सामाजिक कार्य अन्तर्गत वातावरण संरक्षणको क्षेत्रमा विभिन्न संघ संस्थाको आयोजनामा यो कार्यक्रम हुन लागेको संयोजक गिरीले बताए । साथै त्रिभुवन विश्वविद्यालयमा हुने कार्यक्रममा उपत्यकाका सोसल वर्क विषय पढ्ने ६५ सय भन्दा बढी विद्यार्थी संलग्न रहने समेत उनले जानकारी दिए । कार्यक्रममा वातावरण व्यवस्थापनमा समुदायको सदस्यको भुमिका कस्तो रहन्छ भन्ने विषयमा छलफल हुनेछ । सहभागी विद्यार्थीलाई वातावरण जोगाउन हामीले कस्ता सामाजिक क्रियाकलाप गर्न सक्छौँ भन्ने जानकारी समेत उपलब्ध गराइनेछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics