निजी वन अधिकारका लागि लड्दै, एफोन

पारिवारिक निजी वन संघ, नेपाल(एफोन) निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिने संस्था हो । यसले आम मानिसमा निजि वनको उपयोगिताको बारेमा जानकारी गराउँदै वृक्षारोपण, उद्यम विकाश र निजि वनको हक अधिकारका पक्षमा विविध क्रियाकलाप गर्दै आइरहेको छ । वि.सं. २०७१ फागुन २४ गते काठमाडौंमा सम्पन्न पारिवारिक अर्थात् निजी वन किसानहरूको राष्ट्रिय सम्मेलनले पारिवारिक निजि वन संघको स्थापना गरेको हो । संघको स्थापनापछि २०७१ साल फागुन २४ र २५ गते राजधानिमा सम्पन्न भएको भेलाले समिति गठन गरेको थियो । पारिवारिक निजी वन संघको केन्द्रिय अध्यक्षमा जोगराज गिरी सर्वसम्वत निर्वाचित भएका थिए । काठमाण्डौमा सम्पन्न संघको पहिलो राष्ट्रिय महाधवेशनले गिरीको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति चएन गरिएको थियो । पारिवारीक निजि वन संघ, नेपाल(एफोन)को वर्तमान अवस्था र यसले हालसम्म गरेका क्रियाकलापको सन्दर्भमा पारिवारिक निजि वन संघ नेपाल(एफोन)का अध्यक्ष जोगराज गिरीसँग नेचर खबर अनलाईनका लागि अशोक कोइरालाले गरेको कुराकानि :

jog raj giri

पारिवारिक निजी वन संघ, नेपाल(एफोन) के हो ?

पारिवारिक निजी वन संघ, नेपाल(एफोन) निजी वन संरक्षण र यसको उपयोगिताको बारेमा आम मानिसमा सुचना दिने र निजि वन उपयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यक्तिहरुलाई जानकारी गराउने उद्देश्यका साथ गठन गरिएको एउटा संगठन हो । हाम्रो सन्दर्भमा हेर्ने हो भने पारिवारीक निजी वन भन्नाले तराईमा ४० वटा रुख एकै ठाउँमा भएको र पहाडमा ६० वटा रुख एकैठाउँमा हुँदा हामी त्यसलाई पारीवरिक निजी वन भन्छौँ । तर पनि यसमा हामीले फलफुल लगायतका रुखहरुलाई बन मान्दैनौँ । विश्व बैंकको परिभाषा अनुसार कुल भुभागको तिन भागमा जंगल रहेको छ भने त्यसलाई पारिवारीक निजी वन भनिन्छ । पारिवारीक निजि वन विशुद्ध रुपमा परिवारको गर्जो टार्ने, परिवारको आवश्यकता परिपुर्ति गर्न कसरी निजि वनको प्रयोग गर्न सकिन्छ र आर्थिक आम्दानि लिन सकिन्छ भनेर आम किसानलाई जानकारी गराउने र कानुनि रुपमा सहयोग पुर्याउने उद्देश्यले खोलिएको संस्था हो ।

पारिवारिक निजी वन संघ, नेपाल(एफोन)ले निजी वनसँग सम्बन्धित के कस्ता क्रियाकलाप गर्दै आइरहेको छ ?

पारिवारीक निजी वन संघ, नेपाल(एफोन)ले किसानहरुलाई पारिवारिक निजि वनको उपयोग किसानले गर्न पाउनुपर्छ भन्ने कुरामा आवाज उठाउँदै आईरहेको छ । अहिले के छ भने, किसानहरुसँग रुख त छ तर उनिहरुलाई त्यो रुख उपयोग गर्ने अधिकार छैन । किसान हरुलाई त्यो रुखको उपयोगिताको अधिकार हुनुपर्यो भन्ने हाम्रो एउटा माग हो । किसानहरुले उत्पादन गर्ने अन्य कृषिजन्य कुरा धान, गहुँ, मकै, फलफुल लगायतका सामग्रीमा किसानकै स्वामित्व रहन्छ भने उनिहरुकै जमिनमा रहेको त्यो रुख विरुवा उपयोगमा चाहिँ किन जिल्ला वन कार्यालय जानुपर्यो ? त्यसैले निजि वनमा रहेका त्यस्ता रुखको किसानले नै आफ्नो आवश्यकता अनुसार उपयोग गर्न पाउनुपर्यो । यसका लागी हामीले आवाज उठाउँदै आइरहेका छौँ । यसका साथै हामीले वृक्षारोपण, वन संरक्षणका विविध कार्यहरु गर्दै आईरहेका छौँ ।

यसरी निजी वनको काठ व्यक्ति आफैँले उपभोग गर्न पाउँदा नेपालको समग्र बन क्षेत्रको विनाश हुँदैन र ?

यसका लागी किसानले उपयोग गरेको काठ सामुदायिक बनको हो कि, कबुलियत बनको हो कि, सरकारी बनको हो कि, धार्मीक वनको हो कि, राष्ट्रिय निकुञ्जको हो वा पारीवारीक निजि वनको हो ? भन्ने थाहा पाउनका लागि वन तथा भु संरक्षण मन्त्रालयको तल्लो निकाय गाउँ पालिका र नगरपालिका बाट नै पारिवारीक निजि वनको परिचय खुल्ने गरी किसानहरुलाई आधिकारीक प्रमाण दिने काम गरिनुपर्छ । किसानहरुलाई दर्ता गरिने देखि लिएर परिचयपत्र दिने सम्मको कार्य गाउँ तथा नगर पालिका बाटै हुनुपर्छ ।

बनको प्रवर्धन र संरक्षणमा पारिवारिक निजी वन संघ नेपाल(एफोन)ले के कस्ता परियोजनाहरुलाई पछ्याएको छ ?

पारिवारीक निजी वन संघ नेपाल(एफोन)ले ‘एक गाउँ एक उद्यम’ भन्ने मुल विषयलाई जोड दिई निजी वनमा उद्यम विकाश गर्ने परियोजना ल्याएको छ । नेपालको प्राकृतिक स्रोत र साधनको अधिकतम उपयोग गर्ने र पहिले त कसरी गर्न सकिन्छ भन्ने विषयलाई सोचि अगाडी नबढेसम्म नेपालको समृद्ध विकाश गर्न सकिँदैन । यसकारण नेपालको प्राकृतिक साधनको उपयोग गर्न किसानहरु व्यक्तिगत रुपमा नभई सामुहिक रुपमा मिलेर निजी वनबाटै उद्यम गर्न सक्नेछन् । यसका लागी आम किसानहरुले निजि वन के हो ? यसमा हामीले के कस्ता क्रियाकलाप गर्न सक्छौँ ? भन्ने कुरा बुझ्न जरुरी छ । यसका लागि हामीले संगठन विस्तार मार्फत पारिवारीक निजि वन र यसको उपयोगिताबारे आम किसानलाई बुझाउने काम गरिरहेका छौँ ।

पारिवारीक निजी वनले देशको आर्थिक विकाशमा कस्तो भुमिका निर्वाह गरेको छ ?

अहिले नेपालमा ४० प्रतिशत काठ निजिवन बाट उत्पादित भईरहेको छ । गत वर्ष १ करोड राजस्व निजी वनका काठबाट संकलन भएको थियो । यति ठुलो क्षेत्र ओगटेको निजीवनमा कसैको पनि खास ध्यान पुग्न सकिरहेको छैन । नेपाल सरकार र सम्बन्धित निकायले पारिवारीक निजि वनले जलवायू परिर्वन सम्बन्धि पुर्याएको योगदान र वन संरक्षणमा पुर्याएको योगदानको सम्मान गर्न सकेको छैन । पारिवारीक निजि वनका अन्तर्राष्टिय सन्धि सम्झौताहरु सहि ढंगले नेपालमा कार्यान्वयन हुन पर्यो । यदि यस्तो भएन भने निजी बनका मुद्दा र सवालहरुलाई हामी अन्तर्राष्टिय करण गर्नेछौँ । नेपालको संविधानले निजी जग्गा निजीसम्पतिमाथि व्यक्तिको हक प्रदान गरेको छ । व्यक्तिको जग्गामा भएको रुख व्यक्तिको हो तर पनि त्यसको उपयोग गर्ने अधिकार त्यो व्यक्तिलाई छैन ।

वन नियमावली २०५१ को पाचौँ संशोधन जुन २०७२ मा भएको छ, त्यो संशोधनमा २८ प्रजातिका रुखलाई खुल्ला गरिएको छ । २/३ वटा प्रजाति बाहेक सबै गैर काष्ठसँग सम्बन्धित रुख बाहेक सबै फुकुवा गरेको छ । यसको लागी सरकारलाई म धन्यवाद दिन चाहान्छु । तर पनि काठ प्रजातिका रुखहरु जसले किसानलाई छिटै फाइदा लिन सहयोग पुर्याउँछ, यस्ता रुखलाई पनि फुकुवा गरिनु जरुरी छ ।

पारिवारिक निजी वन संघ, नेपाल(एफोन)ले बर्तमान समयमा कस्ता कार्यहरु अघि बढाईरहेको छ ?

पारिवारिक निजी वन संघ लाई हामीले शशक्त रुपमा अगाडी बढाइरहेका छौँ ।पारिवारिक निजीवनको अधिकार समग्र किसानको लागी आवश्यक भएको हुँदा अहिले हामीले पुर्व मेचिदेखि पश्चिम महाकाली सम्म हाम्रो संगठन विस्तार गर्ने कार्य गरिरहेका छौँ । पारिवारिक निजी वन संघ नेपालको संगठन इलाम, दोलखा, बाग्लुङ, पर्वत, हुम्ला, कालिकोट, रौतहट, महोत्तरी, सर्लाहि, धनुषामा छ । हामीले हाम्रा सरोकारवालासँग हाम्रा सवालहरुसँग छलफल गर्न दबाब दिईरहेका छौँ । नेपालमा विभिन्न ४५ जिल्लामा निजि वन सञ्जाल विस्तार हुने भएको छ । यसका साथै पारिवारीक निजी वन संघले नर्सरी स्थापना गर्ने कार्यलाई पनि अघि बढाईरहेको छ । हामीले हाल बाँकेमा ६० हजार विरुवा लगाएर नर्सरी स्थापना गरेका छौँ जुन लहरे पिपल सँग सम्बन्धित छ । हामीले बाँके जिल्लामा नै विभिन्न नमुना कृषि फर्मको समेत स्थापना गर्ने तयारी गरिरहेका छौँ ।

पारिवारिक निजी वन संघ नेपालले वृक्षारोपणका कार्यलाई अत्यन्त महत्व दिदै आइरहेका छौँ । हालै हामीले धनुषामा एक हजार परिवारलाई लिएर ८० हजार विरुवा लगायौँ ।

विषेशगरी हामीले किसानहरुलाई छिटो आम्दानि हुने, चाँडै बढ्ने प्रजातिका रुखहरु सिसौ र मसलाका विरुवा लगाउने कार्य सम्पन्न गर्यौँ । हामीले पारिवरिक निजी वनका अवधारणा दृष्टिकोणमाथि नेपाल सरकारको ध्यानाकर्षण गराउने कार्य गरिरहेका छौँ ।
आगामी दिनमा पारिवारिक निजी वन संघ, नेपाल(एफोन)ले कस्ता कस्ता काम गर्ने कार्ययोजना तय गरेको छ ?

हामीले आगामी दिनको पारिवारिक निजीवनको विषयमा कुरा गर्दा हामीले ४ वर्षे रणनिति योजना निर्माण गरेका छौँ । हामीले २०७२ पुस २७ र २८ गते सम्पन्न गरेको पहिलो महाधिवेसनबाट हामीले नेपालमा ७ वटा प्रदेशमा ठुला ठुला नर्सरी स्थापना गर्ने, नेपालका २१ वटा स्थानमा पारिवारीक निजि वनका फर्म स्थापना गर्ने, उद्यम स्थापना गर्ने, ४० वटा जिल्लामा २० हजार हाम्रो सदस्य संख्या विस्तार गर्ने र सबै जिल्लामा आगामी दिनमा जिल्ला अधिवेसन गरी संस्थागत रुपमा विकाश गर्ने कुरा हामीले गरिरहेका छौँ । पारिवारीक निजी वन अधिकारमात्र लड्ने नभई समृद्धिमा पनि यसले काम गरिरहेको छ ।
पारिवारीक निजि वन संघ, नेपाल(एफोन)लाई सरकारी निकायबाट कसरी हेरिएको छ ?

हामीले तितो शब्दमा भन्नुपर्दा पारिवारीक निजि वन संघलाई सरकारले सौतेनि व्यवहार गरिरहेको छ । नेपाल सरकारले पारिवारिक निजि वनको विषयमा न कुनै निति बनाएको छ त कुनै कार्यक्रमको योजना नै बनाएको छ । यस विषयमा त नेपाल सरकार कानमा तेल हालेर बसेको छ । नेपाल सरकार अन्तर्गत वन तथा भु संरक्षण मन्त्रालयले किसानको हितका लागि कुन विरुवा लगाउने, के गर्दा किसानको हित हुन्छ ? भन्ने सम्बन्धमा निति निर्माण बनाउनु पर्ने नितिगत आधार तयार गर्नुपर्नेमा अहिले सम्म केहि कदम उठाएको छैन । यस कारण हामी के चाहान्छौँ भने नेपाल सरकारको निजि वनको क्षेत्रमा गम्भिर रुपमा ध्यानाकर्षण होस र यो क्षेत्र अगाडी बढोस् भन्ने चाहान्छौँ ।

पारिवारिक निजी वन संघ, नेपाल(एफोन)ले के कस्ता चुनौतिको सामना गर्दै आइरहेको छ ?

पहिलो कुरा त के हो भने पारिवारिक निजि वन संघ, नेपालको स्थापना भर्खरैमात्र भएको छ । यसले गर्दा यस विषयमा धेरै अनुसन्धानहरु हुन सकेका छैनन्, निजि वनको तथ्य तथ्याङ्क पुर्णरुपमा उपलब्ध हुन सकेका छैनन् । पारिवारिक निजी वन एउटा ससक्त उत्पादन क्षेत्र हो यसले हाम्रो नेपालको समृद्धिमा विकाश गर्न सक्छ भन्ने कुरा हाम्रा निति निर्माताहरुले बुझ्न सकेका छैनन् जसका कारण पारिवारिक निजि वन प्राथमिकतामा परेको छैन । पारिवारिक निजि वनमा सबैभन्दा ठुलो नितिगत समस्या रहेको छ । नेपालमा काठ सम्बन्धि उद्योग सञ्चालन गर्न वनदेखि ३ किमि टाढा, गैर काष्ठ उद्यम सञ्चालन गर्न २ किमि टाढा र जडिबुटिजन्य उद्यम गर्न १ किमि टाढा हुनुपर्छ जब कि नेपालमा बन क्षेत्रबाट ३ किलोमिटर टाढा कुनै ठाउँ नै छैन । त्यसकारण वन तथा भु संरक्षणको यो नितिमा परिवर्तन ल्याउन जरुरी छ । अन्य कतिपय काठ जस्तैः पहाडमा उत्तिस, तराईमा साल प्रजातिका रुखहरु उद्यमका लागी बन्देज गरिएको छ यसलाई फुकुवा गर्न आवश्यक छ ।

पारिवारिक निजी वन संघ, नेपाल(एफोन) व्यक्तिगत अथवा निजी वनका बारेमा हक अधिकार सुनिश्चित गर्ने संगठन हो, आम मानिसले पारिवारिक निजी वन संघ नेपाललाई कसरी बुझेका छन् ?

कतिपय अवस्थामा के हुन्छ भने, निजी वनको उपयोग कसरी गर्न सकिन्छ भन्ने कुरा नै थाहा नभएका मानिसहरु पनि छन् । अरुले यस्तो व्यवस्था छ है भनेपछिमात्र उनिहरुलाई थाहा हुने गर्दछ । किसानसँग भएको सम्पति किसानको इच्छा अनुसार उपयोग गर्न नपाउनु भनेको सम्पतिमाथिको प्रतिबन्ध हो भन्ने कुरा बुझ्न थालेका छन् । पारिवारिक निजी वन संघ नेपाललाई आम मानिसले किसानको बारेमा बोल्ने संगठन हो यो हाम्रो लागि आवश्यक छ भन्ने सकारात्मक बुझाई राख्न थालेका छन् ।

बातावरणिय दृष्टिकोणले हेर्दा बन संरक्षण सबैको लागी आवश्यक छ, स्थानिय स्तरमा बातावरण जोगाउन र बन उद्यम प्रवर्धन गर्न पारिवारिक निजी वन संघ नेपाल(एफोन)ले कस्तो सहयोग पुर्याउँदै आइरहेको छ ?

बनको संरक्षण हामी सबैलाई आवश्यक छ । बाताबरणको हिसाबले पनि बन जंगलले प्रदुषणबाट जोगाउन ठुलो भुमिका निर्वाह गर्छ । यसका लागि पारिवारिक निजि वन संघ(एफोन)ले वृक्षारोपण लगायतका कार्यलाई प्राथमिकता दिईरहेको छ । साथै यसले किसानहरुलाई आफ्नो बारीको काठको उपभोगको बारेमा पनि जानकारी गराउँदै आइरहेका छ । कुनै समुदायले उद्यम खोल्न चाहे भने त्यहाँको सहजीकरणको लागी हामी काम गर्छौँ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics