राजधानीका धुलाम्मे सडक, १२ लाख केजी धुलो हटाइयो




काठमाडौं महानगरपालिका र सडक विभागले मेलम्चीले पाइप बिछ्याउने काम सकेको मुख्य सडकमै सफाइ गर्दा एक महिनाभित्रै झण्डै १२ लाख किलो धुलो हटाइएका छ ।

करिब १५ जनाको टोलीले दैनिक साबेल र झाडु लिएर सफाइ काम भएको हो ।

यसले काठमाडौंका सडक र पेटी धुलोको कति चपेटामा छन् भन्ने प्रष्ट पारेको महानगरपालिकाले जनाएको छ । धुलाम्य सडक र पेटी सफाइका लागि दुई निकायले संयुक्त सफाइ टोली खटाएका छन् ।

अभियान थालिएको एक महिनामै झण्डै १२ सय मेट्रिक टन अर्थात् १२ लाख केजी धुलो संकलन हुनुले धुलोको मार कति परिरहेको छन्ने प्रष्ट भएको महानगरका वातावरण विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए ।

न्युरोड, रत्नपार्क र टुँडिखेल, लैनचौर, सिहंदरबार आसपास, बानेश्वर, दरबारमार्ग, महाराजगन्ज आसपासको क्षेत्रलाई धुलोमुक्त बनाउन सडक र पेटीमा धुलो सफाइको काम गरिरहेको छ । यी भीआईपीको बाक्लो आवात –जावत हुने सडक हुन् ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र सडक विभागबाट परिचालित टोलीले अहिले राजधानीका मुख्य सडकमा पेटीहरुमा जमेका धुलो जम्मा गर्दै गाडीमा उठाउँदैछ ।

कतिपय सडकमा पानी लगाएर पनि सफाइ गर्न थालिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics