वायू प्रदुषणको मुख्य कारण सवारीसाधन



प्लस टु का टिनएजर विद्यार्थीे देखी स्नातकोत्तर पढ्ने सबै विद्यार्थीमा वाइक वा स्कुटि चढ्ने ट्रेन्ड चलेको छ । यो एउटा फेसन मात्र नभएर आवश्यकता पनि हो । नेपालमा वायु प्रदुषणको मुख्य कारण यातायात भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) अध्ययनले देखाएको छ ।

पछिल्लो अध्ययन अनुसार प्रदुषणको आधाभाग सवारीसाधनबाट हुने गरेको तथ्यांकले देखाएको छ । हरेक ५ वर्षमा दोब्बर हुने उपत्यकाको सवारी साधनका कारण अहिले प्रदुषण बढ्दै गएको छ । सार्वजनिक यातायातको उचित व्यवस्थापन नभएको र यात्रुलाइ सजिलै यात्रा गराउन नसकेका कारण नेपालमा निजि सवारी साधनको प्रयोग बढ्दै गइरहेको छ ।

त्रिभुवन विश्वविद्यालयमा स्नातकोत्तर तहमा अध्ययनरत अमित तामाङ्ग भन्छन् “मलाई यातायातले वातावरणमा पार्ने असरबारे जानकारी छ । म आफ्नै सवारी साधन प्रयोग गर्छु । यात्रुको भिँड र भनेको समयमा निश्चित स्थानमा सजिलै पुग्न नसकिने कारणले म सार्वजनिक यातायातको प्रयोग गर्दिनँ ।”

सार्वजनिक यातायातका सवारी साधनमा यात्रुको खचाखच र बाटोमा हुने जामले गर्दा निजि सवारी साधनको प्रयोग बढ्दो छ । यसले गर्दा वातावरणमा झन् असर थपिँदै गएको छ । सवारीसाधनको संख्या वृद्धि भएपनि सडकको अवस्था सुधार हुन सकेको छैन ।

नेपालमा आफ्नै सवारीसाधन प्रयोग गर्ने व्यतिm बढ्दै गइरहेका छन् । हालसम्म यातायात व्यवस्था विभागमा दर्ता भएका १७ लाख ७७ हजार ८ सय सवारी साधन छन् । जसमध्ये निजी सवारी साधनको संख्या १७ लाख २१ हजार ३ सय रहेको छ । यो कुल सवारीको ८३. ६४ प्रतिशत हो । २०३० सम्म सवारीसाधनको संख्या १४ लाख पुग्ने अनुमान गरिएको छ ।

क्लिन इनर्जी नेपालका राजन थापाका भन्छन्, ‘निजी सवारीसाधनको प्रयोग नै गरे पनि कारपुलिङमा ध्यान दिनसके वायु प्रदुषण कंम गर्न मदत गर्छ ।’ मानिसले औसत प्रतिमिनेट १२ पटक सम्म साफ फेर्छ । त्यसक्रममा लगभग ६ मिटर हावा प्रयोग गर्छ । बाँच्नको लागि स्वस्थ्य हावा आवश्यक छ । तर वायु प्रदुषणको कारण श्वास प्रश्वासमा समस्या बढ्न थालेको छ ।

उज्यालो भएदेखी रातिसम्म सडक, सवारी, धुवाँ र धुलोसँग पौंठेजोरी गर्ने ट्राफिक प्रहरी मात्रै हैन, काठमाडौं उपत्यकामा बस्ने हेरेक मानिस वायु प्रद्षणको सिकार भइरहेको एनएचआरसीको एक अध्ययनले देखाएको छ । अध्ययनअनुसार उपत्यकामा बस्ने मानिस चाहे त्यो छेउछाउ होस् या मध्यभागमा, हरेकले सास फेर्दा यहाँको प्रदुषित र विषाक्त हावा निलिरहेको छ ।

वायु प्रदुषण अनुगमन केन्द्र स्थापना हनुभन्दा धेरैअघि विश्व बैंकले सन १९९० मा गरेको एक अध्ययनले त्यतिबेला उपत्यकामा भएको प्रदुषित वायुले प्रत्येक वर्ष यहाँका करिब २० हजार व्यतिmलाई दमको रोग लाग्ने गरेको छ ।

मध्यपूर अस्पतालका डा. राम नारायण शाहका अनुसार ‘वायु प्रदुषणको असर स्कुल जाने विद्यार्थीले मास्कको प्रयोग नगर्ने भएकाले ओजोनको मात्रा बढि भएर रुघा, खोकी, निमोनिया, पिनास र आँखाको समस्या देखा परेको छ ।’

सवारीसाधनले विशेषगरी ब्ल्याक कार्बन, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, सल्फरडाइअक्साइड र पिएम २.५ मा असर पार्दछ । क्लिन एयर राइट अभियानले काठमाडौंलाई मास्कमाडौं घोषणा गरेको छ । काठमाडौंमा खुल्ला रुपमा हिड्दा धुँवा धुलोको मारमा पर्नुपर्ने र आम जनताले मास्कको प्रयोग गर्नुपर्ने भएका कारण काठमाडौंमा खुल्ला रुपमा हिडन नसक्ने अवस्थाले गर्दा हो ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics