लुम्बिनी सबैभन्दा धेरै प्रदुषित

स्रोत : वातावरण विभाग


नेपालको लुम्बिनी सबैभन्दा धेरै प्रदुषित रहेको छ । लुम्बिनीमा राखिएको वायुप्रदुषण मापन केन्द्रको तथ्यांक अनुसार लुम्बिनीमा सबैभन्दा धेरै प्रदुषण देखिएको हो ।

वातावरण विभागले नेपालमा भएका वायुप्रदुषण मापन केन्द्रको भदौ देखि फागुनसम्मको वायु प्रदुषणको अवस्थालाई हेर्दा उपत्यका भित्र भन्दा उपत्यका बाहिर धेरै प्रदुषण भएको देखिएको हो । भारतमा भएको इट्टाभट्टा, सिमेन्ट उद्योग लगायत विभिन्न उद्योगका कारण भारतको सिमा क्षेत्रमा बढी प्रदुषण भएको हुन सक्ने वातावरण विभागका उपसचिव शंकर प्रसाद पौडेलले बताए । तराई क्षेत्रमा उखु, गहुँलगायतका बाली भित्र्याएपछि आगो लगाउने प्रचलन छ । यसैको धुँवाले पनि प्रदूषण बढ्ने गरेको छ । त्यसैगरी पुराना गाडीहरुले बढी धुँवा फाल्ने ले पनि प्रदूषण भएको हुनसक्ने विज्ञहरूले अनुमान गरेका छन् । उनले भने, ‘लुम्बिनीमा सबैभन्दा बढी प्रदुषण किन भयो भन्ने विस्तृत अध्ययन हुन बाँकी नै छ ।’

वातावरण विभागले आगामी वर्षमा सिमेन्ट उद्योगले गर्ने वायु प्रदुषणको अवस्थाको विस्तृत अध्ययन गर्ने तयारी गरेको छ । इट्टाभट्टा र सिमेन्ट उद्योगले सबैभन्दा धेरै प्रदुषण गर्छ । विभागले राखेको प्रदुषण मापकका अनुसार लुम्बिनी पछि सौराहा र रत्नापर्क सबैभन्दा धेरै प्रदुषण हुने क्षेत्रमा पर्दछन् । पौडेलले भने, ‘लुम्बिनी पछि सौराहा र रत्नपार्कको प्रदुषणको अवस्था लगभग उस्तै छ ।’

वातावरण विभागले काठमाडौंको रत्नपार्क, ललीतपुरको पुल्चोक, काभ्रको धुलीखेल, लुम्बिनी र चितवनको सौराहामा प्रदुषण मापन यन्त्र जडान गरी प्रदुषणको अवस्था जाँच गर्दै आइरहेको छ । प्रदुषण मापनको ५ ओटा स्टेसनमध्ये सबैभन्दा कम प्रदुषण धुलिखेलमा पाइएको विभागले जानकारी दिएको छ ।

प्रदुषणको तथ्यांकलाई हेर्दा ५ ओटै स्टेसनमा सबैभन्दा धेरै पुस १७ देखि २९गते सम्मको अवधिमा सबैभन्दा धेरै प्रदुषण मापन भएको देखिएको छ । वातावरण मन्त्रालयका अनुसार नेपालले अधिकतम वायुको मापदण्ड पीएम २.५ को मात्रा वायुमा ४० माइक्रोग्राम प्रतिघनमिटर हुनुपर्नेमा १ सय २० घनमिटरसम्म नाघेको छ । पिएम २.५ कण श्वास लिंदा सोझै फोक्सोमा पुग्छ । पिएम १० भन्दा ठूलो धुलो कणलाई नाकको रौंले छेक्ने भए पनि त्योभन्दा साना सिधै फोक्सोमा प्रवेश हुन्छन् । त्यसले श्वासप्रश्वासमा समस्या निम्त्याउँछ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics