अब सार्वजनिक स्थल फोहोररहित

के तपाइले सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने गर्नु भएको छ ? यदि छ भने अब सचेत हुनुहोस् । ललीतपुर उपमहानगरपालिकामा नगर प्रहरीले सार्वजनिक स्थलमा फोहोर फाल्नेलाई कारवाही गर्ने कार्यलाई तिब्रता दिएको छ ।

नगरपालिका अन्तर्गत लगनखेल, कुपण्डोल, नटोल, ज्वागल, सानेपा, बागमति करिडोर क्षेत्रमा फोहोर फाल्नेलाई कारबाहि थालिएको छ । गत साउन महिनादेखि हामीले यस क्षेत्रमा फोहोर फल्ने करिब चारसयलाई कारबाहिको दायरामा ल्याइसकेको जानकारी उपमहानगरपालिका नगर प्रहरी प्रमुख कदमलाल महर्जनले दिए । उनले भने ‘नेपाल प्रहरीसँगको सहकार्यमा उपमहानगरपालिकाका सबै सार्वजानिक क्षेत्रमा फोहोर फाल्नेलाई कारबाहीको दायरामा ल्याउने छौँ ।’

फोहरमैला व्यवस्थापन ऐन, २०६८ र स्वायत्त शासन ऐन, २०५५ को व्यवस्थाअनुसार सार्वजनिक स्थानमा फोहर फाल्नेलाई कारबाही गर्ने उल्लेख गरिएको छ । फोहरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३८ र ३९ मा सार्वजनिक स्थलमा फोहोर फाल्दा सार्वजनिक अपराध ठहरिई तीन महिना जेल र एक लाख सम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics