काठमाडौँमा २० वर्षे पुराना गाडी गुडेको भेटिएन: ट्राफिक प्रहरी



सरकारले प्रतिवन्ध गरेको २० वर्षे पुराना गाडी उपत्यकामा गुडेको फेला पार्न नसकिएको सरकारले जनाएको छ । सरकारले चैत १ गते २० वर्षे पुराना गाडीलाई उपत्यकाको सडकमा गुडाउन प्रतिवन्ध लगाएको छ ।

काठमाडौं ट्राफिक प्रहरी महाशाखा अनुसार यातायात विभाग र ट्राफिक प्रहरीको अनुगमनको क्रममा एउटा पनि २० वर्ष पुरानो गाडी गुडेको फेला पार्न सकिएन् ।

२० वर्ष पुराना गाडी चलाएको पाइएमा जफत गरी कवाडीमा निलाम गरिने यातायात व्यवस्थापन विभागले बताएको छ ।

विभागले गत वर्ष फागुनदेखि नै काठमाडौं उपत्यकाबाट २० वर्ष पुरानो सवारी साधन हटाउने प्रयास थालेको थियो । तर , पूर्ण रूपमा कार्यान्वयनमा आएको थिएन ।

वायु प्रदूषणका साथै सवारी दुर्घटना बढ्न थालेपछि देशभर चलिरहेको २० वर्ष पुरानो सवारी साधन चैत १ गतेदेखि हटाउने निर्णय गरिएको हो।
हाल देशभर २० वर्ष पुराना सवारी साधन साढे पाँच हजार रहेको विभागको अनुमान छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics