शुक्लाका सुन्दर साथीहरु (फोटो फिचर)

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज चराचुरुङ्गीका लागी पनि प्रख्यात मानिन्छ । यस निकुञ्जमा विविध समयमा विभिन्न चराहरु अवलोकन गर्न सकिन्छ । चराहरु अनकुल मौसम, सुरक्षित बासस्थान र चरनको खोजिमा एक ठाउँबाट अर्को ठाउँमा डुलिरहन्छन् । शुक्लाफाँटामा हिँउदको समयमा चिसो छल्न साइवेरियादेखि चरा आउने गरेका छन् ।

यस निकुञ्ज भित्र रानी ताल र अन्य ससाना तालमा मगर गोही समेत प्रशस्त देख्न पाइन्छ, भने सारस, खरमयुर, सिमतित्रा, दुर्लभ भुँडीफोरसहित चार सय २४ भन्दा बढी प्रजातिका पंक्षी पाइन्छन्।

नेपाल सरकारले २०७३ साल फागुन ९ गते राजपत्रबाट शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्जमा घोषणा गरेको थियो । राष्ट्रिय निकुञ्ज भएसँगै यहाँ भ्रमणका लागी आउने पर्यटकहरु बढेका छन् ।

हेरौं राष्ट्रिय निकुञ्जभित्र फोटोपत्रकार सागर गिरीको लेन्सले कैद गरेका प्रकृतिका उपहारहरु:





















सागर गिरी

प्रतिक्रिया दिनुहोस

web
analytics